कलङ्कीमा नवजात शिशुको शव भेटियो
थानकोट ।
काठमाडाैं महानगरपालिका कलङ्कीस्थित मालपोत कार्यालय अगाडीको बल्खु खोलामा आइतबार नवजात शिशुको शव भेटिएको छ ।
बल्खु खोलामा नवजात शिशु (बालिका) को शव फेला परेको र उक्त विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका सहायक प्रवक्ता प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टले जानकारी दिए ।
शव कसले र किन फालेको भन्नेबारे नखुलेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका सहायक प्रवक्ता प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टका अनुसार स्थानीयले खोलामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।











