बर्दिबासबाट हिँडेरै मातातीर्थ आएका मिटरब्याज पीडितहरूले आजदेखि माइतीघरमा धर्ना दिने

Thankot Times

थानकोट । 

मिटरब्याज पीडितहरूले आजदेखि माइतीघर मण्डलामा धर्ना थाल्ने भएका छन् । 

न्यायका लागि भनेर पैदल यात्रा गरेर आइतबार काठमाडौंको मातातीर्थ आइपुगेका पीडितहरूले आजदेखि धर्ना थाल्न लागेका हुन् । 

चैत २ गते महोत्तरीको बर्दिबासबाट हिँडेका उनीहरू चन्द्रनिगाहपुर, हेटौँडा, भीमफेदी र इन्द्रसरोवर हुँदै ११औँ दिनमा हिजो दिउँसो चन्द्रागिरि नगरपालिका ६ मातातीर्थ आपुगेको थियो ।

उनीहरूको समूहमा ७२ जना पीडित छन् । आफूहरूका माग पूरा नभएसम्म नफर्किने उनीहरूको तयारी छ ।

यसअघि गत जेठ र साउनमा मिटरब्याज पीडितले लगतार आन्दोलन गरेपछि तत्कालीन शेरबहादुर देउवा सरकारले कार्यदल नै बनाएर छानबिन गरेको थियो ।

सरकारसँग असोज १ मा भएको सम्झौतापछि उनीहरूको आन्दोलन स्थगित भएको थियो । तर, सम्झौता कार्यान्वयन नभएपछि उनीहरू फेरि आन्दोलित हुन थालेका हुन् ।

मिटरब्याजी पीडितहरू काठमाडौँ आएको थाहा पाउने बित्तिकै प्रधानमन्त्रीको निर्देशनमा गृह मन्त्रालयका सहसचिव जीतेन्द्र बस्नेत नेतृत्वको टोली उनीहरू बसेकै ठाउँ चन्द्रागिरि नगरपालिका ६ मातातीर्थ मै आएर आइतबार बेलुकी वार्ता गरेको थियो ।

 

मातातीर्थमा बास बसेका मिटरब्याजी पीडितद्वारा सरकारको आग्रह अस्वीकार (फोटो फिचर)


Leave a Reply

Your email address will not be published. Required fields are marked *