सतुगंलमा फोहोर व्यवस्थापनका नाममा मनपरि हुन थालेपछि…

थानकोट ।

फोहोर व्यवस्थापनका नाममा वडा कार्यालयसँग समन्वय नगरि गतिविधि सञ्चालन हुन थालेपछि चन्द्रागिरि नगरपालिका-१० सतुगंलले सम्बन्धित व्यक्ति तथा संस्थाहरूलाई सचेत गराएको छ । बिहीबार सामाजिक सञ्जालमा वडाध्यक्ष शिवकुमार महर्जनले स्टाटस राख्दै लेख्नुभएको छ

चन्द्रागिरि नगरपालिका वडा नं १० अन्तर्गत भित्र अनाधिकृत, अव्यवस्थित रुपमा फोहोर व्यवस्थापन गर्ने गराउने नाममा विभिन्न व्यवसायहरु सम्बन्धित निकायहरुमा समन्वय नै नगरी आफ्नो व्यवसाय संचालन गर्दै गरेको पाएको हुनाले पटक पटक जानकारी गराउँदा पनि बेवास्ता गरि संचालित गरेकोले यथाशिघ्र आफ्नो व्यवसाय निति नियम विधि विधानमा‌ संचालन गर्न गराउन हार्दिक अनुरोध गर्दछौं।


Leave a Reply

Your email address will not be published. Required fields are marked *