योजनाको रकम भुक्तानीका लागि चन्द्रागिरि नगरमा फाइल दर्ता गर्न भोलि अन्तिम दिन

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिकाले नगर क्षेत्रभित्र चालु आर्थिक वर्षमा सम्पादन भइसकेका र भइरहेका योजनाहरूको भुक्तानीका लागि समयसीमा तोकेको छ ।

नगरले चालु आर्थिक वर्षका लागि स्वीकृत बजेट तथा कार्यक्रमहरू आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व नियमावली, २०७७ को दफा ३० मा व्यवस्था भए अनुसार आर्थिक वर्ष समाप्त हुनु भन्दा कम्तीमा सात दिव अगावै भुक्तानी दिई निकासा र खर्चको लेखा अद्यावधिक गरि सक्नुपर्ने तथा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट नीति तथा कार्यक्रमको तयारीका लागि सो भोलि असार १० गतेभित्र आर्थिक प्रशासन शाखामा भुक्तानीका फाइल दर्ता नगरले जेठ १० गते नै सूचना मार्फत जानकारी गराएको थियो ।

योजनाको रकम भुक्तानीका लागि चन्द्रागिरि नगरमा असार १० गतेभित्र फाइल दर्ता गरिसक्नुपर्ने


Leave a Reply

Your email address will not be published. Required fields are marked *