आगामी आर्थिक वर्षका लागि पारित भएका चन्द्रागिरि नगरको नीति तथा कार्यक्रमका मुख्य बुँदाहरू

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिकाले आगामी आर्थिक वर्षका लागि पारित गरेका नीति तथा कार्यक्रममा केही नयाँ विषय पनि थप भएका छन् ।

अधिकांश पुरानै कार्यक्रम दोहोरिएका सो नीति तथा कार्यक्रममा समावेश भएका नविन कार्यक्रमहरू यसप्रकार छन्ः

  • लप्सी लगायत अनय उपर्यूक्त नगदे प्रजातीका बिरूवाहरू पहिचान गरी सार्वजनित जग्गा सामुदायिक वन क्षेत्रहहरूमा कृषि वन कार्यक्रम अगाडी बढाइने
  • रैथाने नश्ल संरक्षणको लागि स्थानीय कुखुराको चल्ला र स्थानीय बाख्राकत्र पाठा वितरण गरिने
  • नगरमा छुट्टै पर्यटन शाखा स्थापना गरिने, वडा नं. ४ मा रहेको ऐतिहासिक गुफा उत्खनन गरिने
  • नगरस्तरीय संग्राहलय स्थापनाको लागि अध्ययन गरिने
  • नगर क्षेत्रका सहकारीहरूको नियमनका लागि सहकारी शाखाको व्यवस्था गरिने
  • गुमालचोकी विद्यालयमा रहेको नगरस्तरीय प्राविधिक शिक्षालयमा सीटीइभीटीसँग समन्वय गरी व्यवसायिक तथा सीपमूलक तालिम कक्षाहरू सञ्चालन गरिने
  • नगरमा श्रम डेक्स्को व्यवस्था गरी रोजगारी प्रवर्द्धन गरिने
  • नगर क्षेत्रभित्र सञ्चालनमा रहेका ‘ग’ वर्षका एम्बुलेन्सहरूलाई ‘ख’ वर्गमा स्तरोन्नती गर्दै एम्बुलेन्स सञ्चालन कार्यविधि बनाई सुत्केरी र अपांगता भएका व्यक्तिहरूलाई निःशुल्क सेवा प्रदान गरिने
  • सामुदायिक क्याम्पसहरूको शैक्षिक प्रवर्द्धन तथा गुणस्तर सुनिश्चितता प्राप्तीमा आवश्यक सहयोग गरिने
  • चन्द्रागिरि एकीकृत खानेपानी तथा सरसफाई ऐन जारी गरी लागू गरिने
  • नगरमा खानेपानी परीक्षण प्रयोगशाला स्थापना गरिने
  • एशियाली विकास बैंकको खानेपानी आयोज्नाको सर्वेक्षण र कार्यान्वयन अगाडि बढाइने
  • सात गाउँले जात्रा, मत्स्य नारायण मेला, मातातीर्थ मेला, इन्द्रदह मेला लगायतका महत्वपूर्ण मेलाहरू व्यवस्थापन एवं निरन्तरताका लागि व्यवस्था मिलाइने
  • जात्रा खर्चको भुक्तानीका लागि कार्यविधि बनाई भुक्तानीलाई सहज बनाइने
  • विन्द्यवासिनी आध्यात्मिक क्षेत्रलाई सांस्कृतिक पर्यटन केन्द्रको रूपमा विकास गर्ने नीति लिइने
  • नगर क्षेत्र भित्रका सफल र राम्रा उद्योग व्यवसायीहरूको पहिचान गरी उद्योग व्यवसायको तथ्याङ्क अद्यावधिक गरी सम्मान गरिने
  • स्थानीय पर्यटनको प्रवर्द्धनका लागि नगर क्षेत्रका ऐतिहासिक गढीहरूलाई जोड्दै चन्द्रागिरि सर्किट एकीकरण पदमार्ग निर्माण गरिने
  • महिलाहरूको नाममा व्यवसाय दर्ता गर्दा लाग्ने दस्तुरमा पचास प्रतिशत छुट दिने
  • पुरातात्विक स्वागतद्वारको पुनःनिर्माण बाहेक अन्य स्वागतद्वार निर्माणमा नगरपालिकाबाट बजेट विनियोजन नगरिने
  • नगरस्तरीय सम्मेलन केन्द्र निर्माणका लागि नगरले संघ तथा प्रदेश सरकारसँग साझेदारी गरिने
  • प्रत्येक वडाहरूमा पुरानो पोखरी संरक्षण तथा कम्तीमा २ वटा नयाँ पोखरी निर्माण गरी पानी पुनर्भरण गरिने
  • नवजात शिशुहरूको जन्म दर्ताको अधिकार सुनिश्चितता एवं वृद्धावस्थाको आर्थिक सामाजिक सुरक्षाको प्रत्याभूत गर्ने उद्देश्यसहित हरेक शिशुको नाममा योगदानमा आधारित छुट्टै कोष स्थापना हुने गरी ५ हजार रूपैयाँ अनुदान दिइने
  • हरेक वडामा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र स्थापना गरिने
  • नगरस्तरीय सम्मेलन केन्द्र (सिटी हल) निर्माणका लागि संघ तथा प्रदेश सरकारसँग साझेदारी गरिने
  • सडक मर्मत सम्भारका लागि पूर्वाधार मर्मत शाखाको व्यवस्था गरिने
  • नगर क्षेत्रमा अतिक्रममणमा परेका सार्वजनिक जग्गाहरूको असोज महिनाबाट नापजाँच सुरू गरिने
  • खहरे खोलाहरूबाट हुने जनधनको क्षति न्यूनिकरण गरी खेती योग्य जमिनको संरक्षण तथा अन्य क्षति न्यूनीकरणका लागि बहुवर्षीय परियोजना सुरू गरिने
  • भुक्तानी कार्यलाई सरल बनाउन सबै वडाहरूमा लेखा समूहका जनशक्ति व्यवस्थापन गरिने

Leave a Reply

Your email address will not be published. Required fields are marked *