चन्द्रागिरि नगर प्रहरीका लागि श्रावण ८ गतेसम्म आवेदन दिन सकिने, यस्तो छ पाठ्यक्रम

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिकाले नगर प्रहरी सेवामा कर्मचारी माग गरेको छ । जसमा साउन ८ गतेसम्म दरखास्त दिन सकिने नगरपालिकाले जनाएको छ ।

करार सेवाका लागि नगरपालिकाले नगर प्रहरी सेवामा दरखास्त आह्वान गरेको हो ।

छैटौं तहका लागि नगर प्रहरी निरीक्षक १ जना,  नगर सहायक प्रहरी निरीक्षक चौथो तहमा एक जना र जवान पदका ८ जना महिला सहित २३ जना नगर प्रहरीका लागि दरखास्त खोलिएको नगरपालिकाले जनाएको छ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आफ्नो व्यक्तिगत विवरण, नेपाली नागरिकताको प्रमाणपत्र तथा शैक्षिक योग्यता र अनुभवका प्रमाणपत्र संलग्न गरी चन्द्रागिरि नगरपालिकाको कार्यालयमा बुझाउनपर्नेछ ।

नगर प्रहरी निरीक्षकका लागि ३० वर्ष पूरा भइ ४५ वर्ष उमेर ननाघेको हुनुपर्ने तथा जवानका लागि १८ वर्ष पूरा भइ ३५ वर्ष ननाघेको हुनुपर्ने बताइएको छ ।

नगर प्रहरी निरीक्षक तथा सहायक निरीक्षकका लागि सुरक्षा निकायबाट निवृत्त व्यक्तिमात्र योग्य हुने जनाइएको छ।


2 thoughts on “चन्द्रागिरि नगर प्रहरीका लागि श्रावण ८ गतेसम्म आवेदन दिन सकिने, यस्तो छ पाठ्यक्रम

  1. उमेरको हद नराखेकोभए निबृत्त सैनिक प्रहरी हरुले पनि सेवा गर्ने मौका पाउने थियो । उमेरको कारण अयोग्य भैयाछ ।

  2. अनि अब शरिरिक तन्दुरुस्ती चेक हरु को लागि कहिले बोलाइन्छ प्रवेश पत्र कहिले दिने हो ???

Leave a Reply to सन्तमान श्रेष्ठ Cancel reply

Your email address will not be published. Required fields are marked *