न त छाक टर्ने, न त पेट भरिने ! साउन महिनामा चुइगम पड्काएर नेपालीले सके २ दुई करोड रूपैयाँ

Thankot Times

थानकोट ।

 

चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो महिनामा नै नेपालमा २ करोड १४ लाखभन्दा बढीको चुइगम आयात भएको छ ।

भन्सार विभागका अनुसार चालू आर्थिक वर्ष को पहिलो महिनामा २ करोड १४ लाख १८ हजार रुपैयाँ बराबरको चुइगम मुलुकमा भित्रिएको हो।

गत आर्थिक वर्ष २०७९/८० मा नेपालमा ५१ करोड १७ लाख ६७ हजार रुपैयाँको चुइगम भित्रिएको थियो । जसबापत बापत ५१ करोड रूपैयाँ भन्दा बढी रकम देश बाहिर गएको थियो ।

आर्थिक वर्ष २०८०/८१ को पहिलो महिनामा नेपालमा सबैभन्दा बढी भारतबाट २ करोड ७ लाख ८८ हजार रुपैयाँ बराबरको चुइगम आयात भएको छ । बेलायतबाट ४८ हजार, अमेरिकाबाट १ हजार र अन्य विभिन्न देशहरूबाट ७ लाख २५ हजार रुपैयाँको चुइगम भित्रिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *