सुनको मूल्य स्थिर

Thankot Times

थानकोट।

कारोबार हुने साताको पहिलो दिन आज नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार निरन्तर तीन कारोबार दिनदेखि (बिहीबारदेखि आइतबारसम्म) सुन एउटै मूल्यमा कारोबार भइरहेको छ ।

आज छापावाल सुन तोलामा एक लाख ११ हजार १०० रुपैयाँमा काराबार भइरहेको छ ।

महासंघका अनुसार तेजाबी सुन तोलामा एक लाख १० हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य भने १५ रुपैयाँले बढेको छ । चाँदी तोलामा एक हजार ४६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *