नेपाली बजारमा सुनको मूल्य लगातार चाैथो दिन पनि स्थिर
थानकोट ।
कारोबार हुने साताको दोश्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य अघिल्लो दिनकै झैं स्थिर रहेको छ ।
नेपाली बजारमा लगातार चाैथो दिन सुनको भाउ स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गएको बिहीबारदेखि छापावाल सुन प्रतितोला एक लाख ११ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।
महासंघका अनुसार आज तेजाबी सुन तोलाको एक लाख १० हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन हिजो पनि यही मूल्यमा कारोबार भएको थियो ।
चाँदीको मूल्य भने आज तोलामा पाँच रुपैयाँले घटेको छ ।
चाँदी तोलाको एक हजार ४६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार तोलाको एक हजार ४६५ रुपैयाँमा कारोबार भएको थियो ।









