चन्द्रागिरि नगर प्रहरी भर्नाका लागि असोज १४ देखी ३० गतेसम्म परीक्षा सञ्चालन हुने (पाठ्यक्रमसहित)

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिकाले नगर प्रहरी भर्नाका लागि परीक्षा तालिका सार्वजनिक गरेको छ ।

गत असार ५ गते सूचना प्रकाशित गरी नगरले नगर प्रहरी निरीक्षक, नगर प्रहरी सहायक निरीक्षक तथा नगर प्रहरी जवानका लागि दरखास्त माग गरेको थियो ।
जसअनुसार नगरमा परेका आवेदकहरूका लागि नगरले सोमबार सूचना जारी गर्दै परीक्षा तालिका सार्वजनिक गरेको हो । सूचना जनाइए अनुसार नगर प्रहरी निरीक्षकका लागि

उचार्इ, ताैल, छाती, आँखा र प्रारम्भिक स्वास्थ्य परीक्षण चन्द्रागिरि नरपालिकाको कार्यालय परिसरमा असोज १४ देखी १६ गतेसम्म हुने जनाइएको छ ।सो परीक्षणबाट प्रारम्भिक चरण पूरा गर्ने आवेदकहरूको असोज १७ गतेबाट १९ गतेसम्म मातातीर्थस्थित सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानमा शारीरिक तन्दुरूस्त मूल्याङ्कन परीक्षा हुने बताइएको छ ।

तत्पश्चातका लिखित परीक्षा तथा अन्तर्वार्ताहरू असोज् २६ गतेबाट ३० गते सम्म हुने सो बताइएको छ ।

चन्द्रागिरि नगरपालिकाको छैटौं तहका लागि नगर प्रहरी निरीक्षक १ जना, नगर सहायक प्रहरी निरीक्षक चौथो तहमा एक जना र जवान पदमा ८ जना महिला सहित २३ जना नगर प्रहरीसहित कुल २५ पदका लागि २९९ जनाले आवेदन पेश गरेका थिए ।

चन्द्रागिरि नगर प्रहरीमा २५ जना माग हुँदा २९९ जनाको आवेदन, ८ चरणमा परीक्षा सञ्चालन हुने

जस अनुसार छैटौं तहका लागि नगर प्रहरी निरीक्षक १ पदका लागि ४ जनाले आवेदन दर्ता गराएका छन् । यसैगरी नगर सहायक प्रहरी निरीक्षक चौथो तहको १ पदका लागि २० जना तथा जवान पदमा ८ जना महिला सहित २३ स्थानका लागि २७५ जनाले दरखास्त पेश गरेको बताइएको छ ।

सूचना हेराैंः 


One thought on “चन्द्रागिरि नगर प्रहरी भर्नाका लागि असोज १४ देखी ३० गतेसम्म परीक्षा सञ्चालन हुने (पाठ्यक्रमसहित)

Leave a Reply to Roshan chand Cancel reply

Your email address will not be published. Required fields are marked *