ललितपुरमा भयानक सडक दुर्घटना, माेटरसाइकलमा सवार दुवै युवाको मृत्युु

Thankot Times

थानकोट ।

ललितपुरको चापागाँउ टाहाखेलमा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार मंगलबार साँझ गोदावरी नगरपालिका १० टाहाखेल नवप्रभात डेरी नजिकै पिपलको रुखमा मोटरसाइकल ठोक्किएर भएकाे दुर्घटनामा सिन्धुलीको मरिण गाउँपालिकाका करिब २४ वर्षीय राम माझी र २५ वर्षीय विजय माझीको मृत्यु भएको हो ।

साँझ ६ बजेर ४० मिनेट जाँदा बा ६० प ५१९५ नम्बरको मोटरसाइकल दुर्घटनामा भएको थियो

सडक छेउमा रहेको रूखमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि दुवैलाई पाटन अस्पतालमा उपचारका लागि लगिएको थियो । उनीहरुको यहाँ डाक्टरले मृत घोषणा गरेका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ