प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारबाट हरिबोल गजुरेलले दिए राजीनामा

Thankot Times

थानकोट ।

माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख राजनीतिक सल्लाहकारबाट राजीनामा दिएका छन्।

गजुरेलले मंसिर २० गते नै राजीनामा दिएका हुन्। तर, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले स्वीकृत भने गरिसकेको छैन्।

उनी २०७९ माघ ९ गते प्रधानमन्त्री प्रचण्डको राजनीतिक सल्लाहकार नियुक्त भएका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *