संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्ने कार्यक्रम सुरू
थानकोट ।
प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रश्नोत्तर गर्ने कार्यक्रम सुरु भएको छ ।
सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ प्रधानमन्त्री दाहालले दिइरहेका हुन् ।
प्रधानमन्त्री दाहालले सांसद् रवी लामिछाने, महेश बर्ताैला, नारायणी शर्मा, गोकर्ण विष्ट, स्वस्तिमा कार्की लगायतले सोधेको प्रश्नको जवाफ दिएका छन् ।











