बागमती प्रदेश प्रमुख शर्माद्धारा संसद् अधिवेशन आह्वान

Thankot Times

थानकोट ।

बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान गरेका छन् ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्रदेश प्रमुख शर्माले फागुन १५ गतेका लागि अधिवेशन बैठक आह्वान गरेका हुन् ।

प्रदेशसभाको हिउँदे अधिवेशनको बैठक १५ गते ३ बजे बस्ने छ । प्रदेश प्रमुख शर्माले बागमती प्रदेश सरकारको मन्त्रिपरिषदको सिफारिसमा नेपालको संविधान धारा १८३ उपधारा १ बमोजिम प्रदेशसभाको तेह्रौँ अधिवेशन बैठक डाकेका हुन् ।

गत माघ ८ गते बसेको मन्त्रिपरिषद् बैठकले फागुन १५ गते ३ बजेका लागि हिउँदे अधिवेशन आह्वान गर्ने निर्णयसहित प्रदेश प्रमुख शर्मासमक्ष सिफारिस गरेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *