कीर्तिपुर नगरपालिका वडा नं. ४ को अध्यक्ष चयनका लागि २०८१ वैशाख २० अगावै उपनिर्वाचन हुने
थानकोट ।
निर्वाचन आयोगले २०८१ साल वैशाख तेस्रो साता उपनिर्वाचन गर्ने तयारी गरेको छ।
२०८१ वैशाख १५ देखि २० गतेभित्र कुनै एक दिन उपनिर्वाचन गर्ने गरी मिति तोक्न सरकारलाई सिफारिस गर्ने तयारी आयोगले गरेको बताइएको छ ।
प्रतिनिधिसभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ मा भने १५ वैशाखमा उपनिर्वाचन हुने भएको छ। निर्वाचन आयोगको आइतबार बसेको बैठकले १५ वैशाख ०८१ मा उपचुनाव गर्ने निर्णय गरेको हो।
देशभरका स्थानीय, प्रतिनिधि र प्रदेश सभामा २३ पद रिक्त छन्।
बझाङको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ मा पनि १५ वैशाखमै उपचुनाव हुनेछ।
इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित तत्कालीन प्रतिनिधिसभा सदस्य नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङको २६ भदौमा निधन भएपछि उक्त क्षेत्र खाली छ। यसैगरी, बझाङको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रदेश सभा सदस्य कांग्रेसका पृथ्वीबहादुर सिंहको गत २५ असारमा गाडी दुर्घटनामा निधन भएपछि सो क्षेत्र पनि खाली छ ।
बैशाख १ गते चम्पादेवीमा माेटरसाइकल दुर्घटना परी गम्भीर घाईते भई उपचाररत कीर्तिपुर नगरपालिका वडा नं. ४ का अध्यक्ष श्यामराजा अधिकारीकाे वैशाख १० निधन भएपछि सो वडाको वडाध्यक्ष पद रिक्त छ ।
यसैगरी काठमाडाैं महानगरपालिका वडा नं.१६ मा पनि वडाध्यक्ष पद रिक्त रहेको छ । फोक्सोमा सिभियर निमोनिया हुँदा सो वडाका अध्यक्ष मुकुन्द रिजालको गत भदाै २१ गते निधन भएको थियो ।











