बागमती प्रदेश सभामा विशेष समिति गठन, समितिमा सांसद् आलेमगरसहित ११ जना सदस्य

Thankot Times

थानकोट।

बागमती प्रदेश सभा सञ्चालनमा देखिएको गतिरोध समाधानका लागि विशेष समिति गठन गरिएको छ।

नेपाली कांग्रेस बागमती प्रदेश सभा संसदीय दलका सचेतक गोविन्द लम्साल संयोजक रहने गरि गठित समितिमा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा एमाजवादी, राप्रपा, र हाम्रो नेपाली पार्टीका सांसद्हरुका छन् । 

बिहीबार बसेको संसद्को बैठकले प्रदेश सभा नियमावली, २०७४ पहिलो संशोधनको नियम १५२ बमोजिम ०८०/८१ को बजेट तथा कार्यक्रम व्यवस्थापनसम्बन्धी विशेष समिति गठन गरेको हो। 

समितिमा प्रभात तामाङ, रमा आलेमगर, वसन्त मानन्धर, रत्नप्रसाद ढकाल, इन्द्रप्रसाद गोतमे, शैलेन्द्रमान बज्राचार्य छ, मधुसुदन पौडेल, डा. दिनेशचन्द्र देवकोटा, उद्धव थापा र गिरबहादुर तामाङ सदस्य रहेका छन् । 

समितिले अध्ययन तथा परामर्श गरी यहि फागुन २९ गते दिउँसो ३ बजे बस्ने बैठकमा प्रतिवेदन पेश गर्नुपर्नेछ। 

यसैबीच बागमती प्रदेश सभाको बैठक फागुन २९ गतेसम्मका लागि स्थगित गरिएको छ ।

बिहीबार प्रदेशसभाको दोस्रो बैठक पश्चात सभामुख भुवन कुमार पाठकले फागुन २९ गते दिउँसो ३ बजेसम्मका स्थगित गरेका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *