आज संघीय संसदका दुवै सदनको बैठक बस्दै

Thankot Times

थानकोट ।

आज संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक बस्दैछ ।

प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक मध्यान्ह १२ :०९ बजे बस्ने तालिका रहेको छ ।

प्रतिनिधिसभाको बैठकमा सभामुखले कार्यव्यवस्था परामर्श समितिमा सदस्यको नाम हेरफेर गर्ने कार्यसूची रहको छ ।

परराष्ट्र मन्त्रीले ‘विमस्टेक वडापत्र’ प्रस्तुत गर्नेलगायत सम्भावित कार्यसूची छ ।

यस्तै राष्ट्रियसभा बैठकमा राष्ट्रियसभा नियमावली, २०७५ को नियम ‘२२६क’ बमोजिम लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने सभाका सदस्यहरूको तर्फबाट अनिता देवकोटाले “निर्वाचन क्षेत्र (प्रदेश) विकास निर्माण, शान्ति सुव्यवस्थालगायत कार्यहरूको अनुगमन, निरीक्षण र मूल्यांकनको प्रतिवेदन, २०८०” पेस गर्नेलगायत सम्भावित कार्यसूची छन् ।

कार्यसूची हेराैं


Leave a Reply

Your email address will not be published. Required fields are marked *