नयाँ गठबन्धनबाट मन्त्री बन्ने सांसद्को टुंगो लाग्ने क्रम जारी, चन्द्रागिरिले यसपटक पाउला मन्त्री ?

Thankot Times

थानकोट ।

सत्तारुढ नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीचको गठबन्धन भंग भएको छ ।

संक्रमणकालिन न्याय तथा राष्ट्रिय सभा अध्यक्षको विषयमा नेकपा एमाले र माओवादी केन्द्रका बीचमा सहमति भएपछि नेपाली कांग्रेससँगको गठबन्धन भत्किएको हो ।

नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेका अनुसार आजै सरकार परिवर्तन र नयाँ मन्त्री परिषद बन्दै छ, सानो मन्त्रीमण्डलले आज सपथ लिने तयारी भइरहेको छ ।

नेकपा एमाले स्रोतका अनुसार पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा नेकपा एमालेबाट पदम गिरी मन्त्री बन्ने पक्का भएको छ । नवगठित गठबन्धनमा मन्त्री बन्ने अन्य सांसद्हरू बारे छलफल भइरहेको बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *