मन्त्रिपरिषद् पुनर्गठन, नवनियुक्त तीन मन्त्रीले शपथ लिए, तीनै जना पुरानै अनुहार

Thankot Times

थानकोट ।

सोमबार राष्ट्रपति भवनमा नवनियुक्त तीन मन्त्रीले शपथ लिएका छन् ।

नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ, नेकपा एमालेका पदम गिरी र राष्ट्रिय स्वतन्त्र पार्टीका डोलप्रसाद अर्यालले राष्ट्रपति रामचन्द्र पाैडलबाट मन्त्री पदको शपथ लिएका हुन् । 

नवनियुक्त तीन जना मन्त्री यसअघि मन्त्री भइसकेका व्यक्ति हुन् । जसअनुसार तामाङले खेलकुद मन्त्रालय, अर्यालले श्रम तथा रोजगार एवं गिरीले स्वास्थ्य मन्त्रालय सम्हालेका थिए । 

सोमबार नियुक्त तीनै जना मन्त्रीको मन्त्रालय टुंगो लागेको छैन् ।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव,प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ लगायत उपस्थित थिए  । 

प्रधानमन्त्रीको काँधमा २१ मन्त्रालय

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारमा सहभागी सबै मन्त्रीहरूलाई पदमुक्त गरेका छन्।

नेपाली कांग्रेससँगको सहकार्य तोडेर एमाले, रास्वपासहितको नयाँ सत्ता गठबन्धन बनाएका प्रधानमन्त्री प्रचण्डले यसअघिका सबै मन्त्रीलाई पदमुक्त गरेका हुन्।

राष्ट्रपति कार्यालयका अनुसार सबै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री दाहालले नै लिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *