नेकपा एमालेको प्रमुख सचेतकमा सांसद् महेशकुमार बर्तौला मनोनित
थानकोट ।
नेकपा एमालेको प्रमुख सचेतकमा मकवानपुर क्षेत्र नं. २ बाट निर्वाचित सांसद् महेश बर्तौला मनोनित भएका छन् ।
नेकपा एमाले प्रमुख सचेतक पदम गिरी मन्त्री नियुक्त भएपछि बर्तौलाले प्रमुख सचेतकको जिम्मेवारी पाएका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालले गिरीलाई सोमबार मन्त्री नियुक्त गरेका थिए ।
नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले यसअघि सचेतक रहेका बर्तौलालाई प्रमुख सचेतक मनोनित गरेका हुन् ।
यस्तै नेकपा एमालेको सचेतकमा संसदीय दलका नेता केपी शर्मा ओलीले सुनिता बराललाई मनोनिन गरेका छन् ।











