पुकार महर्जनसहित नेपाली काँग्रेसका छ जना मन्त्रीले आजै बागमती प्रदेश सरकारबाट राजीनामा दिने

Thankot Times

थानकोट ।

संघमा सत्ता समीकरण परिवर्तनसँगै बागमती प्रदेशको सत्ता गठबन्धनमा रहेको नेपाली कांग्रेस सरकारबाट बाहिरिने भएको छ ।

१२ सदस्यीय मन्त्रिमण्डल रहेको यस प्रदेशमा कांग्रेसका छ जना मन्त्रीले आज (बुधबार)नै राजीनामा दिने भएका हुन् । केन्द्रमा सत्ता गठबन्धन परिवर्तन भएसँगै सरकार छाड्ने निर्णयमा पुगेको कांग्रेस बागमती प्रदेश संसदीय दलले जनाएको छ । प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकारले सरकार छाड्ने तयारी गरिएको जानकारी दिनुभयो ।

बागमती प्रदेशको मन्त्री मण्डलमा नेपाली कांग्रेसबाट बहादुर सिं लामा तामाङ नेतृत्वमा तीर्थबहादुर लामा, रामकृष्ण चित्रकार, पुकार महर्जन, उत्तम जोशी र मसिना खड्का रहनुभएको छ ।

गत वर्ष पुसमा बागमती प्रदेशमा बामगठबन्धनको सरकार रहेको संघमा सत्ता समीकरण परिवर्तनसँगै लोकतान्त्रिक बाम-गठबन्धन बनेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *