प्रधानमन्त्री दाहाललाई विश्वासको मत, पक्षमा १५७, विपक्षमा ११० मत

Thankot Times

थानकोट ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् मा विश्वासको मत प्राप्त गरेका छन् ।

बुधबार प्रधानमन्त्री दाहालले संविधानको धारा १०० को उपधारा २ बमोजिम विश्वासको मत प्राप्त गर्न प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १५५ बमोजिम प्रस्ताव पेश गरेका थिए ।

उक्त प्रस्तावमाथि मत विभाजन हुँदा उनको पक्षमा १५७ र विपक्षमा ११० मत परेको थियो ।

१ जना सांसद तटस्थ रहे । बैठकमा १६८ सांसद उपस्थित थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *