राप्रपाले थाल्यो राजधानी केन्द्रीत आन्दोलनको तयारी, चन्द्रागिरि नगरको कमाण्डरमा प्रधान
थानकोट ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले चैत्र २७ गतेदेखि राजधानी केन्द्रीत आन्दोलन गर्ने भएको छ ।
मुलुकको अवस्था र व्यवस्था परिवर्तनको नारा दिँदै सो पार्टीले राजधानी केन्द्रीत आन्दोलन गर्न लागेको बताइएको छ ।
जसका लागि सो पार्टीले काठमाडाैंका स्थानीय तहमा आन्दोलन तयारीका लागि संयोजक तोक्न थालेको छ ।
शुक्रबार काठमाडाैंमा आयोजित एक कार्यक्रमका बीच सो पार्टीले चन्द्रागिरि र नागार्जुन नगरमा आन्दोलन तयारीका लागि संयोजक, कमाण्डर चयन गरेको हो ।
जसअनुसार चन्द्रागिरि नगरको कमाण्डरमा सो पार्टीका केन्द्रीय सदस्य देवेन्द्र प्रधान र नागार्जुन नगरको कमाण्डरमा सो पार्टीका सहमहामन्त्री प्रकाश रिमाल तोकािएको राप्रपा केन्द्रीय प्रवक्ता ज्ञानेन्द्र शाहीले जानकारी दिए ।
चैत्र २७ गतेदेखि राजधानी केन्द्रीत आन्दोलनमा यी स्थानीय तहबाट पाँच हजार भन्दा धेरै कार्यकर्ता सडकमा उतार्ने तयारी राप्रपाले गरेको बताइएको छ ।











