७१० सदस्य रहेको नेविसंघमा थपिए ४१ जना केन्द्रीय सदस्य
थानकोट ।
नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले पार्टीसम्बद्ध विद्यार्थी संगठन नेविसंघमा ४१ जना केन्द्रीय सदस्य थप गरेका छन्।
नेपाली कांग्रेसले शनिबार विज्ञप्ति जारी गर्दै सभापति देउवाले विभिन्न जिल्लाका ४१ जनालाई नेविसंघको केन्द्रीय सदस्य मनोनीत गरेका जानकारी दिएको हो।
नेविसंघको महाधिवेशन हुन नसक्दा दुजाङ शेर्पाकै अध्यक्षतामा तदर्थ समिति गठन गरिएको थियो।
समितिमा यसअघि ७१० सदस्य रहेकोमा ४१ जना थपिएसँगै केन्द्रीय तदर्थ समितिको आकार ७५१ सदस्यीय भएको छ।












