नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा कपिलवस्तुबाट पक्राउ

Thankot Times

थानकोट ।

नेकपा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् ।

सुन तस्करी प्रकरणको अनुसन्धानमा लागि महरालाई कपिलवस्तुबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

हिजो आइतबार गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा मुछिएका सबै जनामाथि अनुसन्धान प्रक्रिया अगाडि बढाउन प्रहरीलाई निर्देशन दिएका थिए ।

महराका छोरा राहुल महरा विद्युतीय चुरोट (भेप)मार्फत भएको सुन तस्करी प्रकरणमा दोषी देखिएपछि पुर्पक्षका लागि अहिले थुनामा छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *