पछिल्लोपटक बसेको मन्त्रिपरिषद बैठकले गरेका निर्णयहरू

Thankot Times

थानकोट ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले राष्ट्रिय योजना आयोगमा रिक्त चार सदस्य नियुक्तलगायत विभिन्न निर्णय गरेको छ।

बैठकले नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा कोरियाली सात जना र नेपाली तीन जना गरी दश जना पर्वतारोहीहरुलाई सिन्धुपाल्चोकको जुगल हिमाल-१ आरोहण गर्दा लाग्ने सलामी दस्तुर मिनाहा दिने निर्णय गरेको छ।

सरकारकी प्रवक्ता रेखा शर्माले दिएको जानकारी अनुसार बैठकले नेपाल प्रशासन सेवा समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा चुडामणि पौडेललाई बढुवा गर्ने निर्णय पनि गरेको छ।

साथै राष्ट्रिय योजना आयोगको रिक्त ४ सदस्य पदमा संगीता सिंह, कुसेन्द्रबहादुर महत, शिवराज अधिकारी, अरनिकोकुमार पाँडेलाई नियुक्त गर्ने निर्णय भएको बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *