नेकपा माओवादी केन्द्र बागमती प्रदेश इन्चार्जमा सूर्य सुवेदी
थानकोट ।
नेकपा माओवादी केन्द्र बागमती प्रदेशले प्रदेशका सबै १३ वटै जिल्लाको इन्चार्ज तोकेको छ ।
शुक्रबार बसेको सो पार्टीको प्रदेश सचिवालय बैठकले इन्चार्ज तोकेको हो ।
जसअनुसार काठमाडौंमा सूर्य सुवेदी, ललितपुरमा हरि दाहाल, भक्तपुरमा दिलीप प्रजापति, धादिङमा पुष्पविक्रम मल्ल, नुवाकोटमा हिरानाथ खतिवडा, रसुवामा कल्पना शर्मा, चितवनमा घना श्याम दाहाल, मकवानपुरमा विजय गौतम रहेका छन् ।
यस्तै सिन्धुलीमा बुद्धिमान माझी, रामेछापमा श्यामकुमार श्रेष्ठ, दोलखामा विशाल खड्का, काभ्रेमा तेजबहादुर मिजार र सिन्धुपाल्चोकमा केशव नेपाल रहेका छन् ।











