मन्त्रिपरिषद् विस्तार, जसपाबाट थपिए एकजना राज्यमन्त्री, २३ सदस्यीय बन्यो मन्त्रिपरिषद्
थानकोट ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुनः मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
प्रधानमन्त्री दाहालको सिफारिसमा राष्ट्रपति रामचन्द्रा पाैडेलले जनता समाजवादी पार्टी नेता सांसद दीपक कार्कीलाई वन तथा वातावरण राज्यमन्त्री नियुक्त गरेका हुन् ।
एक राज्यमन्त्री थप भएसँगै प्रधानमन्त्री प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् २३ सदस्यीय बनेको छ ।












