बागमती प्रदेश सरकारमा हानेपाको इन्ट्री, बज्राचार्य बने संस्कृति पर्यटन तथा सहकारी मन्त्री

Thankot Times

थानकोट ।

बागमती प्रदेश सरकार हाम्रो नेपाली पार्टीको इन्ट्री भएको छ । 

मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले बिहीबार हाम्रो नेपाली पार्टी (हानेपा) का संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यले संस्कृति पर्यटन तथा सहकारी मन्त्री बनाएर सरकार विस्तार गरेका हुन् ।

बज्राचार्यले आज नै मन्त्री पदको शपथ लिएका छन् ।

अब बागमती प्रदेश सरकारमा माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टी सामेल भएका छन् ।

नेकपा एमाले केही दिनभित्र सरकारमा सामेल हुने जनाइएको छ ।

११० सदस्यीय बागमती प्रदेशमा हालको नयाँ सत्ता समीकरणसँग ५५ सिट मात्र रहेकाले २ सिट रहेको हाम्रो नेपाली पार्टी निर्णायक रहेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *