१९ चैत गते बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने

Thankot Times

थानकोट ।

नेपाली काँग्रेसले समर्थन फिर्ता लिएपछि अन्योलमा रहेका बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले चैत १९ गते विश्वासको मत लिने भएका छन् ।

शुक्रबार मुख्यमन्त्रीको दल नेकपा माओवादी केन्द्रका सचेतक रत्नप्रसाद ढकालले जम्कट्टेलले विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव प्रदेश सभा सचिवालयमा दर्ता गराएका छन् ।

११० सदस्यीय बागमती प्रदेश सभामा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले ५६ मत जुटाएमा उनी मुख्यमन्त्रीमा कायम रहनेछन् ।

बागमती प्रदेश सभामा नेपाली काँग्रेसको ३७, नेकपा एमालेको २७, माओवादी केन्द्रको २१, रप्रपाको १३, एकीकृत समाजवादीको ७, नेमकिपाको ३ र हाम्रो नेपाली पार्टीको दुई सिट छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *