वाडभञ्ज्याङ्गमा निःशुल्क महिला स्वास्थ्य शिविर,२१४ जनाको स्वास्थ्य जाँच, २० जनामा शंकास्पद लक्षण

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिकाको आयोजनामा शनिबार चन्द्रागिरि नगरपालिका-२ वाडभञ्ज्याङ्गस्थित स्वास्थ्य चाैकीमा महिलाहरूका लागि लक्षित गरी स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

१ दिने प्रजनन स्वास्थ्य रूगण्ता शिविरमा चन्द्रागिरि नगरका उपप्रमुख बसन्ती श्रेष्ठ, जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख डा. अर्जुन सापकोटा, चन्द्रागिरि नगरपालिका स्वास्थ्य शाखा प्रमुख शम्भु कुमार महताे लगायतसमेत उपस्थिति रहेको थियाे ।

शिविरमा नगरका विभिन्न वडाका २ सय १४ जना महिलाहरूले स्वास्थ्य जाँच गराएका थिए ।

ती मध्ये २० जनामा शंकास्पद लक्षण देखिएको स्वास्थ्य चाैकी प्रमुख सीता बानियाँले जानकारी दिनुभयाे ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *