सांसद् कोइरीलाई पक्राउ गरेर देखाउन ज्ञानेन्द्र शाहीले सतुगंलबाट दिए गृहमन्त्रीलाई चुताैती
थानकोट ।
महोत्तरी- १ बाट नेकपा माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री गिरिराजमणि पोखरेललाई पराजित गर्दै चुनाव जितेका नेकपा एमालेका नेता लक्ष्मी महतो कोइरीलाई पक्राउ गरेर देखाउन राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता एवं सांसद् ज्ञानेन्द्र शाहीले गृह मन्त्री रवी लामिछानेलाई चुनाैती दिएका छन् ।
आइतबार चन्द्रागिरि नगरपालिका सतुगंलमा राप्रपाले आयोजना गरेको कोणसभालाई सम्बोधन गर्दै सांसद् शाहीले मधेस आन्दोलनका क्रममा एम्बुलेन्समा रहेका बिरामीलाई पनि जबरजस्ती निकालेर हत्या गरेको आरोप लागेका अर्का सांसद् कोइरीलाई पक्राउ गरी पीडितलाई न्याय दिन सरकारलाई आग्रह समेत गरेका छन् ।
आज आइतबार प्रतिनिधि सभाको बैठक बस्दैछ, सो बैठकमा सांसद् कोइरी पनि पुग्लान उनलाई पक्राउ गरेर देखाउन म गृहमन्त्री लामिछानेलाई चुनाैती दिन्छु सांसद् शाहीले भने ।
अर्को प्रसंगमा बोल्दै सांसद् शाहीले प्रदेश सरकार निकै खर्चालु भएकोले राप्रपा प्रदेश खारेजीको अभियानमा लागि रहेको समेत बताए ।
राप्रपाले चैत्र २७ गते काठमाडाैंमा आयोजना गर्ने आन्दोलनको तयारीका लागि राप्रपाले स्थानीय तहहरूमा तयारी गरिरहेको छ ।
राप्रपा चन्द्रागिरि नगरकमिटिले आयोजना गरेको कोणसभामा सो पार्टीका विभिन्न तहका नेताहरू लगायत कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।












