नेकपा माओवादी केन्द्रका नेता खाम पक्राउ

Thankot Times

थानकोट ।

नेकपा माओवादी केन्द्रका नेता कालीबहादुर खाम पक्राउ परेका छन्। व्यापारी रामहरि श्रेष्ठको अपहरणपछि हत्याको आरोप लागेका खाम ठमेलबाट पक्राउ परेका हुन्।

रामेछाप घर भई काठमाडौंको कोटेश्वरकमा व्यापार गरी बस्दै आएका श्रेष्ठको हत्यामा संलग्न भएको अभियोग उनीविरुद्ध छ। खाम रामहरी हत्या प्रकरणका प्रमुख योजनाकार रहेको बताइएको छ।

माओवादी लडाकुका पूर्व डिभिजन कमाण्डर उनी माओवादी केन्द्रको सुरक्षा विभागका सदस्य छन्।

२०६५ सालमा श्रेष्ठको अपहरणपछि हत्या भएको थियो। २०६५ जेठ १२ गते चितवनको साविक कविलाश गाविस १ जुगेडीस्थित त्रिशूली नदी किनारमा श्रेष्ठको शव भेटिएको थियो। २०६५ वैशाख १५ गते श्रेष्ठ कोटेश्वरस्थित आफ्नै घरबाट अपहरणमा परेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *