अखिल नेपाल महिला संघ काठमाडौंको अध्यक्षमा भगवती गाैतम, उपाध्यक्षमा बसन्ती श्रेष्ठ

Thankot Times

थानकोट ।

नेकपा एमालेको शुभेच्छुक संस्था अखिल नेपाल महिला संघ, काठमाडौं जिल्लाको नवाैं जिल्ला सम्मेलनबाट भगवती गाैतम अध्यक्ष चुनिएकी छिन् ।

शनिबार सम्पन्न संघको अधिवेशनले ६५ सदस्य जिल्ला कमिटी निर्वाचित गरेको छ ।

अनेमसंघ काठमाडाैंको उपाध्यक्षमा क्रमश बसन्ती श्रेष्ठ र हिरा थापा मगर चयन भएको बताइएको छ । श्रेष्ठ चन्द्रागिरि नगर उपप्रमुख हुन् ।

संघको सचिवमा कमला दाहाल, सहसचिवमा रन्जु खड्का र कोषाध्यक्षमा अनिता चाैलागाईँ निर्वाचित भएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *