सूदुर पश्चिम प्रदेशमा नाउपा संसदीय दलका नेता चौधरी निलम्बित

Thankot Times

थानकोट ।

नागरिक उन्मुक्ति पार्टी (नाउपा) सुदूर पश्चिम प्रदेश संसदीय दलका नेता घनश्याम चौधरी निलम्बनमा परेका छन् ।

पार्टीले सोधेको स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै उनलाई ३ महिनाका लागि निलम्बनमा राखिएको पार्टीले जनाएको छ ।

नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले उनलाइ स्पष्टीकरण सोधेकी थिइन । सो स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै अध्यक्ष श्रेष्ठले उनलाई ३ महिनाका लागि निलम्बन गरेकी हुन् । 

चौधरीलाई निलम्बन गरिएको जानकारी अध्यक्ष श्रेष्ठले सभामुख भीम भण्डारीलाई पत्र पठाइ सकिएको छ । अध्यक्ष श्रेष्ठले चौधरीलाई दलको नेताबाट हटाएर कैलाश चौधरीलाई जिम्मेवारी तोकेकी थिइन् । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *