चन्द्रागिरि नगरपालिकाले हरेक नवजात शिशुको नाउँमा ५ हजार रुपैयाँको मुद्दती खाता खोलिदिने

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिकाले हरेक नवजात शिशुको नाउँमा ५ हजार रुपैयाँको मुद्दती खाता खोलिदिने भएको छ । 

जसका लागि नगरले इच्छुक बैंकहरूबाट सो कार्यका लागि आवेदन समेत आह्वान गरिसकेको छ। 

नगरप्रमुख घनश्याम गिरीले चन्द्रागिरि नगरपालिका वडा नंं २ वाडभञ्ज्याङस्थित मसिनेमा मंगलबार आयोजित एकीकृत घुम्ती शिविरमा नगर क्षेत्रका जन्मिएका समस्त नवजात शिशुहरूको जन्मदर्ता गराइ नगरले सुरु गर्ने मुद्दती खाता अभियानको लाभ लिन सबैमा अनुरोध समेत गर्नुभयो । जसका शिशु जन्मिएको ३५ दिनभित्र सम्बन्धित वडा कार्यालयमा पुगी जन्मदर्ता गर्नुपर्ने नगरप्रमुख गिरीको भनाइ छ ।

चन्द्रागिरि नगरपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम मै नवजात शिशुहरूको जन्म दर्ताको अधिकार सुनिश्चितता एवं वृद्धावस्थाको आर्थिक सामाजिक सुरक्षाको प्रत्याभूत गर्ने उद्देश्यसहित हरेक शिशुको नाममा योगदानमा आधारित छुट्टै कोष स्थापना हुने गरी ५ हजार रूपैयाँ अनुदान दिइने विषय समावेश गरेको थियो ।

चन्द्रागिरि नगरपालिकामा अहिले व्यक्तिगत घटना दर्ता सप्ताह अभियान जारी छ ।

 

आगामी आर्थिक वर्षका लागि पारित भएका चन्द्रागिरि नगरको नीति तथा कार्यक्रमका मुख्य बुँदाहरू


Leave a Reply

Your email address will not be published. Required fields are marked *