चन्द्रागिरि नगरपालिका-२ मसिनेमा आज ‘एकीकृत घुम्ती शिविर कार्यक्रम’ सञ्चालन हुँदै

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिकाले आज मंगलबार चन्द्रागिरि नगरपालिका-२ वाणभञ्ज्याङको मसिनेमा गाउँमा एकीकृत घुम्ती शिविर सञ्चालन गर्दैछ ।

शिविरमा स्वास्थ्य शाखा, सामाजिक विकास शाखा, कृषि शाखा, पशु सेवा शाखा र पञ्जीकरण शाखाबाट सम्पादन हुने कार्यहरु सञ्चालन हुनेछ ।

सो घुम्ती शिविर मसिनेस्थित चम्पाशिखर आधारभूत विद्यालयमा सञ्चालन हुने बताइएको छ ।

सो शिविरमा माटो परीक्षण समेत गरिने चन्द्रागिरि नगरपालिका वडा नं. २ का कार्यवाहक वडाध्यक्ष जय तामाङले जानकारी दिनुभयो ।

चन्द्रागिरि नगरपालिकाले यसअघि चन्द्रागिरि-१ इन्द्रस्थानमा एकीकृत घुम्ती शिविर सञ्चालन गरेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *