बैंकिङ कसुरमा फरार प्रतिवादी सतुगंलबाट समातिए (तस्बिरसहित)

Thankot Times

थानकोट । 

बैकिङ कसुरमा फरार रहेका एक प्रतिवादी चन्द्रागिरि नगरमा पक्राउ परेका छन् । 

प्रहरी प्रभाग बलम्बुका अनुसार बैकिङ कसुर मुद्दामा फरार रहेका चन्दन महत्तोलाई सो कार्यालयबाट खटिएको प्रहरी निरीक्षकसहित टोलीले नियन्त्रणमा लिएको हो ।

काठमाडाैं जिल्ला अदालतको पक्राउ अनुमतिको आधारमा उनी बैशाख १८ गते सतुगंलबाट समातिएका हुन् ।

महत्तो माथि थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको प्रहरी प्रभाग बलम्बुका प्रमुख प्रहरी निरीक्षक आदित्यराज विष्टले जानकारी दिनुभयो । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *