कर्णालीलाई रेल र सुरुङ चाहिएन बाटो चाहियो- सांसद् ज्ञानेन्द्र शाही

Thankot Times

थानकोट ।

राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवक्ता एवं प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र शाहीले कर्णालीको सडक पूर्वाधार विकासका लागि सडक र संसद्‌मा आन्दोलन गर्ने बताएका छन् ।

बिहीबार प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले कर्णालीका लागि आगामी आर्थिक वर्षमा पर्याप्त बजेट व्यवस्था गर्न भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठको ध्यानाकर्षण गराएका छन् ।

उनले कर्णाली राजमार्गमा हालिएको ओटाशील उक्किएर खाल्डो परेको र हरेक गाडीको टायर पन्चर हुने गरेको बताए ।

उनले नाग्मा-रारा जाने सडक लगायतका जुम्ला सडक विकासका लागि आग्रह गरे ।

आगामी आर्थिक वर्षका लागि पहुँचका आधारमा बजेट विनियोजन भयो भने आन्दोलन गर्ने चेतावनी समेत उनले दिएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *