रास्वपा सचिवालय बैठक बस्दै, उपनिर्वाचनको समीक्षा गरिने

Thankot Times

थानकोट ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्ने भएको छ।

पार्टी कार्यालयमा दिउँसो साढे ४ बजे बस्ने गरी बैठक बोलाइएको हो।  बैठकमा इलाम-२ को उपनिर्वाचनको समीक्षा गरिने बताइएको छ।

वैशाख १५ गते इलाम-२ को उपनिर्वाचनमा रास्वपाको जमानत जफत भएको थियो। 

बैठकमा संसद्को बर्खे अधिवेशन, समसामयिक राजनीतिक परिस्थिति र आगामी कार्ययोजनाबारे छलफल हुने रास्वपाले जनाइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *