जापानकी विदेशमन्त्री योको काठमाडाैंमा, आजै साँझ फर्कने

Thankot Times

थानकोट ।

जापानकी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि काठमाडौँ आइपुगेकी छन् ।

जापानी विदेशमन्त्री योको कामिकावा आइतबार बिहान काठमाडौँ आइपुगेकी हुन् ।

विदेशमन्त्री खामिखावाले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जानकरी दिएको छ ।

उनले आज उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग दुइपक्षिय भेटवार्ता गर्ने कार्यक्रम समेत रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

जापानी विदेशमन्त्रीको सन् २०१९ पछि पहिलोपटक नेपाल भ्रमण भएको हो ।

भ्रमणका क्रममा उनले काठमाडौँ दरबार क्षेत्र र जमलस्थित मण्डला बुक प्वाइन्टको समेत अवलोकन गर्ने कार्यक्रम छ ।

विदेशमन्त्री खामिखावा भ्रमण पुरा गरेर साँझ स्वदेश फर्किने मन्त्रालयले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *