महानगर प्रमुखले बोल्न समय दिए लगत्तै कांग्रेस र एमालेका जनप्रतिनिधिहरू हल बाहिर निस्किएपछि….

Thankot Times

थानकोट ।

काठमाडौं महानगरपालिकाको नगर सभाको बैठक असार १० गतेसम्मका लागि स्थगित भएको छ ।

कार्यपालिका सदस्यहरूले बहिष्कार गरेपछि आइतबारका लागि ढाकिएको बैठक केहीबेर बसेपछि महानगर प्रमुख बालेन्द्र शाहले स्थगित भएको घोषणा गरेका थिए ।

आइतबारको बैठक सुरु हुनासाथ मेयर शाहले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे बोल्न चाहनेले ५ मिनेटभित्र नाम टिपाउन समय दिए लगत्तै कार्यपालिका सदस्यहरू बैठक छाडेर हिँडेका थिए ।

बैठक स्थगित भएपछि मेयर शाहले आक्रोशित हुँदै सामाजिक सञ्जालबाट कांग्रेस-एमालेको धङधङी बोकेर नगरसभा बैठकमा नआउन चेतावनी दिएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *