नेकपा एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन आजदेखि, चन्द्रागिरिबाट को-को छन प्रतिनिधि ?

Thankot Times

थानकोट ।

नेकपा एकीकृत समाजवादीको महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदै छ ।

महाधिवेशनले वैचारिक दृष्टिकोणका साथै नीति तथा कार्यक्रम पारित गर्ने छ ।

महाधिवेशनले नयाँ नेतृत्व पनि चयन गर्नेछ । नेताहरुले सकेसम्म सहमतिमा नभए लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन गर्ने बताएका छन् ।

एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आसन्न महाधिवेशनमा प्रस्तुत गरिने आवश्यक दस्तावेज तयार भइसकेको जानकारी दिए।  ती दस्तावेज कम्युनिष्ट पार्टीको इतिहासमा नयाँ र जनअधिकारको पक्षमा महत्वपूर्ण हुने उनले विश्वास व्यक्त गरेका छन् ।

महाधिवेशनस्थल आसपासमा उनीहरूलाई आवासको व्यवस्था मिलाइएको छ भने प्रतिनिधिलाई महाधिवेशनस्थलभित्रै खानाको व्यवस्था गरिएको छ । महाधिवेशनमा एक हजार आठ सय ४९ प्रतिनिधिले भाग लिनेछन् ।  ती प्रतिनिधिले दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको चयन गर्नेछन् । 

महाधिवेशनस्थल आसपासमा उनीहरूलाई आवासको व्यवस्था मिलाइएको छ भने प्रतिनिधिलाई महाधिवेशनस्थलभित्रै खानाको व्यवस्था गरिएको छ । 

महाधिवेशनका लागि काठमाडौं क्षेत्र नम्बर १० अन्तर्गत कीर्तिपुर नगर क्षेत्रबाट बटुकृष्ण थापा र याेगेन्द्र थापा महाधिवेशनका लागि छनाेट भएका छन्, यस्तै चन्द्रागिरिबाट भाइकृष्ण बलामी र जानुका बस्नेत चयन भएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *