कांग्रेस र एमालेबीच नयाँ सरकार बनाउने सहमति, बागमतीमा अब कांग्रेसका मुख्यमन्त्री
थानकोट ।
नेपाली राजनीतिमा नयाँ सत्ता समीकरण बन्ने भएको छ । सोमबार देशकै पहिलो दल नेपाली कांग्रेस र दोश्रो ठूलो दल नेकपा एमालेबीच नयाँ सरकार बनाउने सहमति भएपछि राजनीतिक समीकरणले नयाँ रूप लिएको हो ।
ललितपुरको एक होटलमा दुई दलका दोस्रो तहका नेताहरु लिखित सहमतिको मस्यौदा निर्माणमा जुटेका र मंगलबार सो सहमति पत्र सार्वजनिक गर्ने तयारी भइरहेको बुझिएको छ ।
सहमति अनुसार नयाँ बन्ने सरकारको नेतृत्व पहिलो चरणमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने सहमति भएको बताइएको छ । सोपछि कांग्रेसले नेतृत्व लिनेछ ।
नयाँ बन्ने सरकारमा नेकपा एमालेले अर्थसहित ९ वटा मन्त्रालय र कांग्रेसले गृहसहित १० वटा मन्त्रालय लिनेछ ।
दुई दलबीच संविधान संशोधनका लागि सुझाव दिन एक समिति बनाउने पनि सहमति भएको बताइएको छ ।










