देउवा र ओलीको तस्बिरमा मेयर बालेनले लेखे – यो समय गिरीबन्धु चियाको हो….

Thankot Times

थानकोट ।

काठमाडौँ महानगरका मेयर बालेन शाहले कांग्रेस- एमालेको गठबन्धन बनेपछि गिरीबन्धु चिया प्रकरणमा व्यंग्य गरेका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै बालेनले कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले चिया पिएको तस्बीरसँगै यो गिरिबन्धु चियाको समय हो भनेका छन् ।

उनले भनेका छन्- ‘यो समय गिरिबन्धु चियाको हो । काले काले मिलेर खाऊ भाले ।’

गिरीबन्धु टी-स्टेट प्रकरणमा सर्वोच्चको फैसलापछि बालेनले ओली नेतृत्वको सरकारले अर्बौंको नीतिगत भ्रष्टाचार गरेको भन्दै आवाज उठाइरहेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *