बागमती प्रदेशका मुख्य मन्त्री जम्मकट्ट्रेलको काँधमा पाँच वटा मन्त्रालयको जिम्मेवारी

Thankot Times

थानकोट ।

नेकपा एमाले सत्ता गठबन्धनबाट बाहिरिएसँगै बागमती प्रदेशका मुख्यमन्त्री शलिकराम जम्मकट्टेलको काँधमा पाँच मन्त्रालयको जिम्मेवारी परेको छ ।

केन्द्रमा सत्ता गठबन्धन परिवर्तनको सहमति बनेसँगै प्रदेश सरकारबाट गत असार २४ गते एमाले सरकारबाट बाहिरिएको हो ।

२०८० चैत १७ मा सरकारमा सहभागी भएको एमालेले ४ महिनामा नै सरकारबाट बाहिरिएर संविधानको धारा १६९ को उपधारा (२) को खण्ड (क) बमोजिम मन्त्रीको राजीनामा गराएको हो ।  

केन्द्रमा एमाले कांग्रेस सत्ता समीकरण बनेसँगै प्रदेशमा पनि सोहीअनुसार सरकार गठनका लागि एमालेका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलिया, वन तथा वातावरण मन्त्री केशवप्रसाद पोखरेल, रामेश्वर श्रेष्ठ स्वास्थ्य मन्त्री, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री एकालाल श्रेष्ठ र उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठले पदबाट राजीनामा दिएका थिए । यी सबै मन्त्रालय मुख्य मन्त्रीको काँधमा पुगेको छ । 

बागमती प्रदेशका १३ मन्त्रालय मध्ये ८ मन्त्रालयमा मन्त्रीहरू कायम रहेका छन् ।

सो सरकारमा ८ मन्त्रालय मध्ये माओवादी केन्द्रका ४, एकीकृत समाजवादीको ३ र हाम्रो नेपाली पार्टीको १ मन्त्री कायम रहेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *