राष्ट्रपति पाैडेलद्वारा विनियोजन विधेयक प्रमाणीकरण

Thankot Times

थानकोट ।

राष्ट्रपति रामचन्द्र पौडेलले विनियोजन विधेयक, २०८१ प्रमाणीकरण गरेका छन् ।

आइतबार राष्ट्रपति पौडेलले संविधानको धारा ११३ को उपधारा २ बमोजिम विधेयक प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

“सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको देहाय विनियोजन विधेयक २०८१ नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गर्नुभएको छ,” राष्ट्रपतिको कार्यालयले विज्ञप्तिमार्फत भनेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *