कृष्णगोपाल श्रेष्ठसहित नेकपा एमालेबाट मन्त्री बन्नेको नाम टुंगो लाग्यो

Thankot Times

थानकोट ।

नेकपा एमालेले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा सरकारमा जाने मन्त्रीहरुको नाम टुंगो लगाएको छ।

प्रधानमन्त्री केपी शर्मा ओली निवास बालकोट गएराति बसेको शीर्ष नेताहरुको बैठकले सरकारमा जाने मन्त्रीहरुको नाम टुंगो लगाएको हो।

एमालेले विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ, छविलाल विश्वकर्मा, योगेश भट्टराई, कृष्ण गोपाल श्रेष्ठ, जुली महतो, विद्या भट्टराई र दामोदर भण्डारीलाई मन्त्री बनाउने निर्णय गरेको छ।

प्रधानमन्त्री ओलीले आज बिहान ११ बजे मन्त्रीसहित सपथ लिने तयारी गरेका छन्।​

कृष्ण गोपाल श्रेष्ठ काठमाडाैं क्षेत्र नं. ९ बाट निर्वाचित सांसद् हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *