नेकपा एमालेबाट मन्त्री बन्नेहरूको सूचीमा हेरफेर, अर्थमा विष्णु पौडेल, सञ्चारमा पृथ्वीसुब्बा गुरुङ
थानकोट।
नेकपा (एमाले) ले पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी मन्त्रीको नामावली टुंगो लगाएको छ बताइएको छ ।
यसअघि सञ्चार माध्यमहरूमा आएका नामहरू मध्ये अधिकांश फेरिएका छन्।
जसअनुसार एमाले उपाध्यक्ष विष्णु पौडेल उप प्रधानमन्त्रीसहित अर्थमन्त्री बन्नेछन् भने पृथ्वी सुब्बा गुरुङले सञ्चार मन्त्रालय सम्हाल्दा उनी सरकारको प्रवक्ताको भूमिकामा रहनेछन् ।
यसैगरी मानवीर राई रक्षा मन्त्री, देवेन्द्र दाहाल भौतिक पूर्वाधार तथा यातायात मन्त्री, विद्या भट्टराई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री भन्ने टुंगो लागेको बताइएको छ ।
यसैगरी बलराम अधिकारी र दामोदर भण्डारीसमेत मन्त्री बन्नेछन् ।
अधिकारीले भूमि व्यवस्था र भण्डारीले उद्योग मन्त्रालयको जिम्मेवारी पाउने गरी टुंगो लागेको हो।
हिजो आइतबार प्रधानमन्त्री नियुक्त भएका एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार पद तथा गोपनीयताको शपथ लिँदैछन्। उनी सकभर मन्त्रीहरूको समेत सोमबार नै सपथ गराउने तयारीमा छन् ।
यता नेपाली काँग्रेसबाट मन्त्री बन्नेहरूको अझै अन्तिम टुंगो लाग्न सकेको छैन् ।
कांग्रेसको संस्थापन पक्षले मन्त्रीहरूको टुंगो लगाइसकेको छ भने नेता शेखर कोइराला-गगन थापा पक्ष भने अन्तिम छलफलमा छ।
सो पार्टीबाट प्रकाशमान सिंहको नेतृत्वमा नयाँ सरकारमा जाने टुंगो लागेको छ ।
रमेश लेखक, आरजु राणा देउवा, दिपक खड्का, अजय चौरसिया र ऐनबहादुर शाहीले समेत केपी शर्मा ओलीको नेतृत्वमा बन्ने सरकारमा मन्त्री बन्ने पक्कापक्की हुँदाअन्य ३ जनाको भने अझै टुंगो लाग्न सकेको छैन् ।










