डिजिटल माध्यमबाट शुभकामना, बधाई दिन र भेटमा खादा,माला प्रयोग नगर्न प्रधानमन्त्रीको आग्रह
थानकोट ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रत्यक्ष भेटेर भन्दा डिजिटल माध्यमबाट शुभकामना, बधाई दिन आग्रह गरेका छन्।
प्रधानमन्त्री ओलीले आफूलाई भेटेर शुभकामना, बधाई दिँदा माला, खादा आदि प्रयोग नगर्न आग्रह गरेका छन्।
बुधबार बिहान सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीले लेखेका छन ‘विभिन्न माध्यमबाट शुभकामना र बधाईका सन्देश आइरहेका छन्। प्रत्यक्ष भेटेर भन्दा डिजिटल माध्यमबाट शुभकामना, बधाई दिँदा साथीहरूको समयको पनि बचत हुन्छ। शुभेच्छुक सबैलाई सकेसम्म म्यासेन्जरबाट सन्देश पठाउन र भेटमा पनि खादा/माला प्रयोग नगर्न अनुरोध गर्छु,’
गत आइतबार प्रधानमन्त्री नियुक्त ओलीलाई बधाई तथा शुभकामना दिन बालुवाटारदेखि सिंहदरबारसम्म उल्लेख्य भीड लागिरहेको सन्दर्भमा बुधबार बिहान उनले सामाजिक सञ्जालमा स्टाटस लेखेका हुन् ।










